अन्तर्राष्ट्रिय

कम्बोडियामा १ हजार ५०० हाते पम्प स्थापना गर्ने भारतको घोषणा

By खबरहब

October 04, 2021

नयाँदिल्ली- कम्बोडियाको ग्रामीण भेगमा पानी आपूर्तिको समस्या सिर्जना भएपछि भारतले १ हजार ५०० हाते पम्पहरु स्थापना गर्ने भएको छ ।

भारतले एक भर्चुअल कार्यक्रममार्फत हाते पम्प स्थापनाका लागि सहयोग घोषणा गरिएको हो ।

भारतका विदेश राज्यमन्त्री राजकुमार रंजन सिंह र कम्बोडियाका ग्रामीण विकास मन्त्री डा. ओक रबुन सहभागी समारोहमा हाते पम्प स्थापना गर्ने परियोजना घोषणा गरिएको हो ।

परियोजनाको कार्यान्वयनका लागि भारत सरकारले शतप्रतिशत आर्थिक अनुदानमा दिने भएको छ । यो परियोजना अन्तरगत कम्बोडिया दुई प्रान्तहरुमा १ हजार ५०० हाते पम्पहरुको स्थापना गरिने भारतीय विदेश मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परियोजाबाट कम्बोडियाका ४३३ गाँउका चार लाख मानिसहरु लाभान्वित हुनेछन् ।