फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप २१ हजार ६८४ जनामा संक्रमण

By खबरहब

October 04, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३८ लाख ३४ हजार २४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ७१ हजार ५७० जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन १८३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४९ हजार २९ पुगेको छ ।