राजनीति

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र तुम्याहाङ विजयी

By खबरहब

October 04, 2021

काठमाडौँ- नेपाली कांग्रेसको ताप्लेजुङ सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणनाअनुसार तुम्याहाङ ५८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी छविलाल गुरुङले ४३० मत पाए ।

यस्तै, उपसभापतिमा गणेशबहादुर लिम्बू ५३३ मत र डिल्लीरमण बराल ५२८ मत पाई विजयी भएका छन् ।

सचिवमा डम्बर हाङ्गाम ५८९ मत र नन्दकुमार ओझा ४४२ मत ल्याई विजयी भएका छन् । सहसचिवमा तेजकुमार सुनुवार ६३८ मत र नन्दकुमार आङ्वोहाङ ४९४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।