राजनीति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज

By खबरहब

October 04, 2021

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

स्वास्थ्य संवेदनशीलताका कारण नेपालले केही दिन घरमै आराम गरेर मात्रै  भेटघाट तथा विभिन्न कार्यक्रममा सरिक हुने उनले बताए ।