राजनीति

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

By खबरहब

October 04, 2021

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा आज भएको वार्तामा मन्त्री खड्काले कोभिड–१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका गरेका छन् ।

साथै दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।