फाइल फोटो ।

राजनीति

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रतिवद्ध छु : सभामुख सापकोटा

By खबरहब

October 04, 2021

काठमाडौँ- सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा सभामुख सापकोटाले संसद्को कार्यभार असामान्य र असाधारण रहेको भन्दै संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताए ।

उनले सभामुखको पदलाई अन्याय हुन नदिने गरी आफूले कार्यसम्पादन गरिरहेको बताए । सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाइ अघि बढाउने जिकिर गरे ।

२०७८ सालको विजयादशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा कर्मचारी युनियनले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो ।