राजनीति

कांग्रेस गोरखाको सभापतिमा न्यौपाने सर्वसम्मत

By खबरहब

October 04, 2021

काठमाडौँ- नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन भएका हुन् ।

४३ वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव थिए । उनलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो । आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध थिए ।

नवनिर्वाचित सभापित न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए ।