एनएमबि बैंकले शुरु गर्‍यो एआईमा आधारित भिडियो केवाईसी

By खबरहब

October 04, 2021

काठमाडौँ- एनएमबि बैंकले भिडियो केवाईसी शुरु गरेको छ । जुन एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना हो ।

एनएमबिले शुरु गरेको एआईमा आधारित भिडियो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो प्रयोग हो ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा/अपडेट गर्न सक्दछन् ।

एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवात गरेको जनाएको छ ।