अन्य

फेसबुकले ट्वीटरमा लेख्यो- यथासक्य समस्या समाधान गर्छौँ, असुविधाका लागि क्षमाप्रार्थी छौँ

By खबरहब

October 04, 2021

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुक, ह्वाटस् एप र इन्स्टाग्राम डाउन भएपछि फेसबुकले यथासक्य समस्या समाधान गर्ने जनाएको छ ।

फेसबुक, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप एकैसाथ डाउन भएपछि विश्वभरका प्रयोगकर्ता हैरानी भएका छन् ।

डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका लाखौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएसँगै ट्वीटरमा  यसबारे विभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।

प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि यी तीनै एप चलेका छैनन् ।

यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ ।

यी सामाजिक सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन । वेबसाइट र स्मार्ट फोन दुबैमा यी एपहरुले काम गरेका छैनन् । फेसबुकले एक सन्देश जारी गर्दै यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने बताएको छ ।

We’re aware that some people are having trouble accessing Facebook app. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.

— Facebook App (@facebookapp) October 4, 2021

फेसबुकले प्रयोगप्रतामाथि पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।

सर्भर डाउन हुनुको पछाडी साइबर हमलाको समेत आशंका गरिएको छ ।

प्रयोगकर्ताहरूले फेसबुकमा समयस्या भएपछि रिपोर्ट गरेका थिए। ती रिपोर्टहरू प्राप्त भएको र त्यसमा काम भइरहेको फेसबुकले ट्विटरमा लेखेको हो।