फाइल फोटो

राजनीति

शहरी विकासमन्त्री झाँक्री डिस्चार्ज, केही दिन भेटघाट नगर्ने

By खबरहब

November 04, 2021

काठमाडौँ- शहरी विकास मन्त्री एवं नेकपा (एकीकृत) समाजवादीकी नेतृ रामकुमारी झाँक्री डिस्चार्ज भएकी छन् ।

छातिमा निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचाररत झाँक्री बुधबार साँझ डिस्चार्ज भएकी हुन् ।

झाँक्रीले आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको अनुरोध गरेकी छन् ।

उनले आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् ।