????????????? ????????? ????? ??????? ?????????? ???????????????? ???????? ????? ?????? ??? ??????? ‘?????? ???? ????’?? ?????? ???? ?????? ???????? ?????? ??????? ?????? ?????????? ? ? ??????? ?????? ???? ??????? ????????? ?????? ?????? ??????? ????, ?????? ????????? ?????????????? ?????? ????????? ???? ? ?????? ? ???????? ???÷????

राजनीति

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

By खबरहब

November 04, 2021

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा आज स्वदेश फर्किन लागेका हुन् । कतार एयरवेजको उडानबाट दोहा हुँदै देउवा बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए ।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए । नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए । जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।