k|d b]pjf :jb]z lkmtf{ sf7df8f}F, !* sflQs M k|d z]/axfb'/ b]pjf ;+o'Qm clw/fHosf] Unf:uf]df cfof]lht b'O{lbg] ljZj g]tfx¿sf] lzv/ ;Dd]ngdf ;xefuL eO{ laxLaf/ :jb]z kms{g]qmddf lqe'jg ljdf:yndf . tl:a/ /Tg >]i7÷ /f;;

राजनीति

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

By खबरहब

November 04, 2021

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँएका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा बिहान स्वदेश फर्किएका हुन् । कतार एयरवेजको उडानबाट दोहा हुँदै देउवा बिहान काठमाडौँ आएका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए ।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए । नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए । जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।