राजनीति

न्यायालयको गल्ती ढाकछोप नगरौँ, अदालतले नसके संसदले सच्याउनुपर्छ : भट्टराई

By खबरहब

November 04, 2021

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयको विवादमा मुख खोलेका छन् ।

दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राखेका छन् । न्यायालयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै बाबुरामले अदालतले गल्ती सच्याउन नसके संसद अघि सर्नुपर्नेमा जोड दिएका छन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सिधै हटाउनुपर्छ त भनेका छैनन् तर उनको आशय जबराले राजीनामा नदिए महाभियोग लगाउन संसद अग्रसर हुनुपर्ने खालको छ ।

‘शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ भट्टराईले भनेका छन्, ‘राज्य/समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायापालिकाले स्वयं वा कार्यपालिकासंगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने ? कि आफैले नत्र व्यवस्थापिकाले हैन र ? गल्ती ढाकछोप नगरौं ।’

शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन।राज्य/समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासंगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने?कि आफैले नत्र व्यवस्थापिकाले हैन र?गल्ती ढाकछोप नगरौं!

— Baburam Bhattarai (@brb1954) November 3, 2021

यसअघि जसपाकै सांसद इस्तियाक राईले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन संसदको विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

त्यसैगरी कांग्रेसका १२ जना नेताले अदालतमा देखिएको समस्यामा न्यायाधीशहरुको पक्षमा पार्टी उभिनुपर्ने धारणा राखेका थिए ।

माओवादी केन्द्रका सांसद रामनारायण विडारीले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने प्रशस्त आधार भएको बताएका थिए ।