k|d b]pjf ;~rf/sdL{;Fu sf7df8f}, !* sflQs . k|d z]/axfb'/ b]pjf ;+o'Qm clw/fHosf] Unf:uf]df cfof]lht b'O{lbg] ljZj g]tfx¿sf] lzv/ ;Dd]ngdf ;xefuL eO{ laxLaf/ :jb]z kms{g]qmddf lqe'jg ljdf:yndf ;~rf/sdL{;Fu ;ªlIfKt s'/fsfgL ub}{ . tl:a/ /Tg >]i7÷ /f;;

राजनीति

अमेरिकी राष्ट्रपतिले नेपाललाई पूरा सहयोग गर्छु भनेका छन् : प्रधानमन्त्री देउवा

By खबरहब

November 04, 2021

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

‘बाइडेनसँग पनि रिसेप्सनमा भेट हुँदा टोपी लगाएर गएको थिए चिनिहाले । नेपाल आएका रहेछन् उनी । नेपाल राम्रो देश,  सबभन्दा खुब मन पर्छ भने । नेपालको सम्बन्धमा कुरा गर्दा उनले सबै थाहा पाएका रहेछन् । पूरा सहयोग हुने भन्नु भयो,’ उनले भने ।

प्रधानमन्त्री देउवाले बेलायतका रक्षा मन्त्रीको गोर्खाप्रति राम्रो सद्भाव पाएको बताए । ‘गोर्खा सैनिकसँगै काम गरेका रहेछन् । नेपाली राजदूत आएपछि समस्या समाधान अगाडि बढाउँछौं भने,’ उनले भने ।

देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई नआत्तिन आग्रह गरेको बताएका छन्।

एमसीसीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुलाई आफूले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र सहमतीमा छिट्टै पारित गर्ने आश्वासन दिएको उनले जानकारी दिए ।

‘सहमति गरेर हामी एमसीसी हामी पास गर्छौँ, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौं, आत्तिन पर्दैन भनेको छु’, देउवाले भने ।​