आर्थिक

भाइटीकाको दक्षिणामा पनि मेगा बैंकको क्यासब्याक अफर

By खबरहब

November 04, 2021

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूका लागि तिहारमा विशेष अफर ल्याएको छ ।

डिजिटल कारोबार प्रोत्साहित गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरूप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जनाएका छन् ।

‘इ–तिहार क्याम्पियन’ भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।

मेगा स्मार्ट बैंकिङ प्रयोग गरेर ग्राहकहरूले भाइटीकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाएको जनाइएको छ ।

‘मेगा मार्ट क्याम्पियन’ लक्ष्मी पूजाको दिनदेखि भाइटीकाको दिनसम्मका लागि ल्याइएको हो । छ ।

यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैँयासम्म छुट पाउने मेगा बैंकले जनाएको छ ।