रोचक/विचित्र संसार

बिहेमा नआएका निम्तालुलाई बेहुलीले भोजको बिल पठाएपछि…

By खबरहब

November 04, 2021

बिहेको भोजमा लाखौँ खर्च हुन्छ । धेरै मात्रामा पकाइएको खाना भने बमोजिमको निम्तालु नआउँदा खेर जान्छ । एकसाथ धेरै निम्तालु बोलाएर बिहे भोज ख्वाउँदा भएको खर्चको कसैले खासै मतलब गर्दैनन् । तर एक बेहुलीले भने यसमा आक्रोश पोखेकी छन् ।

एक विवाहमा निम्तालु नपुगेपछि बेहुलीले आक्रोशमा विहेमा भएको खर्चको बिल पठाएकी छन् । बिहेमा बोलाइएका निम्तालुको खाना, सजावट लगायतको खर्चमा बेहुला बेहुलीले प्रति दुई अतिथीकालागि लगभग १ सय ७५ युरो, अर्थात् करिब २७ हजार नेपाली रुपैयाँ खर्च गरेका थिए । यो खर्चमा रिसेप्शन डिनर, अन्य चीजको पनि व्यवस्था थियो । तर फोनका बावजुद निम्तालु पुगेनन् र बेहुलीले निम्तालुकोमा २७ हजारको बिल पठाइन् ।

आफ्नो बिहेमा भएको ठुलो खर्चलाई चुकाउन भन्दै ति बेहुलीले खर्चको लिष्ट पठाएकि थिएन् । निम्तालुले जब यो बिल पाए उनिहरु पनि चकित भए । बिलका साथमा एक नोट थियो, जसमा लेखिएको थियो, हामीले तपाईंलाई निम्तो गर्यौँ तर तपाईंहरु नआउने कुनै सूचना पाएनौँ । जसका कारण हामीले सास्ती पायौं । त्यसैले यो तपाईंले भुक्तानी गर्नु पर्छ ।

  स्रोत- जी न्यूज