राजनीति

रवीन्द्र मिश्रलाई बहुमत, विवेकशील साझा निर्वाचन आयोगमा अद्यावधिक

By खबरहब

November 04, 2021

काठमाडौँ– रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीमा हालै भएको हेरफेर निर्वाचन आयोगमा अद्यावधिक भएको छ ।

पार्टीमा मिश्रलाई बहुमत सदस्यको समर्थन प्राप्त छ । मिश्रको अध्यक्षतामा भएको कायम गरेको १२४ सदस्यीय केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ । मिश्रले विधान संशोधन गराएर केन्द्रीय समिति हेरफेर गरेका थिए ।

पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार आयोगले बुधबार पत्र पठाएर विवरण अद्यावधिकबारे जानकारी गराएको हो । मिलन पाण्डे समूहले भने यो निर्णय अस्वीकार गरेको छ ।

विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । तर, मिश्रले विधान संशोधन गरेर यो अधिकार अध्यक्षलाई मात्र दिएका थिए ।