मनोरञ्जन

‘मधुरिमा’को मुहुर्त

By खबरहब

November 04, 2021

काठमाडौं – निर्माता रामभक्त श्रेष्ठको लेखन, निर्देशन रहने फिल्म ‘मधुरिमा’को मुहुर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिर परिसरमा बिहीबार मुहुर्त गरिएको हो ।

पारिवारिक प्रेमकथाको फिल्ममा पुष्कर राउत, हर्षिका श्रेष्ठ, जाहन्वी बस्नेत, गणेश पाण्डे, बाबुराम उपाध्याय, सञ्जय महर्जन, विकाश पुजारीलगायतको अभिनय छ ।

गणेश पाण्डेको प्रस्तुति, युवराज पौडेल निर्माण रहने फिल्ममा अर्जुन भुषालको नृत्य, शंकर महर्जनको द्वन्द्व र रवी कार्कीको मेकअप रहने छ । फिल्म आगामी मंसीरको दोस्रो साताबाट छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।