राजनीति

माओवादी पार्टी भित्र कमि कमजोरी देखिँदै गए– प्रचण्ड (लाइभ)

By खबरहब

November 04, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी भित्र केही कमिकमजोरी देखिँदै गएको बताएका छन् ।

नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा पार्टीको मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले केही कमजोरी भए पनि अब त्यसलाई सच्याएर अघि बढ्ने बताए ।