देश/प्रदेश

अघिल्ला सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु : मुख्यमन्त्री राई

By खबरहब

November 04, 2021

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको काममा बिषयमा पुनरावलोकन गरिने बताएका छन् ।

बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले आचार्य नेतृत्वको सरकारले रित नपुर्‍याई गरेका कामलाई स्वीकार गर्ने पक्षमा नरहेको भन्दै पुनरावलोकन गरिने बताए ।

उनले यसअघिको प्रदेश सरकारले कानूनबितपरित र रित नपर्‍यमई धेरै काम गरेको र त्यसलाई खारेज गर्ने धारणा राखे । उनले अगाडिका दुई वटा सरकारले गरेका महत्वपूर्ण र राम्रा कामलाई भने वेवारिसे नछाड्ने भन्दै निरन्रता दिने उल्लेख गरे ।

त्यस्तै मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा प्रदेशको नामाङ्करणलाई टुङ्गो लगाउन पहलकदमी र नेतृत्व लिने दृढता व्यक्त गरे ।

उनले प्रदेशको बजेट अत्यन्तै सानो रहेको र बजेटको आयातनलाई ठूलो बनाउन प्रयास गरिने जानकारी दिए ।