फाइल तस्वीर ।

राजनीति

न्यायालयको संकटबारे सत्ता गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

By खबरहब

November 04, 2021

काठमाडौँ– सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेको छ भने सर्वोच्च १९ जना न्यायाधीशहरुले राणाले तोकेको इजलास अस्वीकार गर्दै आएका छन् ।