देश/प्रदेश

कालीगण्डकीमा बेपत्ता युवाको खोजीमा गोताखोर

By खबरहब

November 04, 2021

गुल्मी– कालीगण्डकीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका ८ का शंकर पौडेलको खोजी सशस्त्र प्रहरीको गोताखोरमार्फत भइरहेको छ ।

प्रादेशिक विपद् व्यवस्थापनबाट सशस्त्र प्रहरी निरीक्षक भूपालविक्रम शाहको नेतृत्वमा सात जनाको टोली घटनास्थल आएको छ । मलामी गएका पौडेल चार दिनदेखि सत्यवती गाउँपालिका १ रुद्रवेणीघाटस्थित कालिगण्डकीमा बेपत्ता छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयास असफल भएपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।