फाइल फोटो

राजनीति

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

By खबरहब

November 04, 2021

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले पाँच विभाग गठन गर्दै कार्यभार तोकेको छ ।

एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।

विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् भने संगठन विभागको जिम्मा महासचिव वेदुराम भुसालले पाएका छन् ।

उपमहासचिव गंगालाल तुलाधारले शिक्षा र विपद् व्यवस्थापन विभागको जिम्मा पाएका छन् भने गोविन्द कोइराला सहकारी विभाग प्रमुख बनेका छन् ।

बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ ।