अन्तर्राष्ट्रिय

रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको अमेरिकी गुप्तचर संस्थाको दाबी

By खबरहब

December 04, 2021

एजेन्सी– रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सीआईए) ले दाबी गरेको छ । सीआईएका अनुसार उक्त कारबाहीमा रूसले करीब १ लाख ७५ हजार सैनिक सहभागी गराउने छ ।

बाइडेन प्रशासनसँग युक्रेनलाई नेटो गठबन्धनमा सहभागी नगराउन बाइडेन प्रशासनलाई दबाब दिइरहेका बेला अमेरिकी सैनिक अधिकारीको यस्तो भनाइ आएको हो ।

रूसले नेटो र युक्रेनलाई बदनाम गराउन खोजिरहेको अमेरीकी अधिकारीहरूले आरोप लगाएका छन् । सीआईएका अनुसार रूसले फेक मिडिया आउटलेटको प्रयोग गरेर प्रचारबाजी पनि गरिरहेको छ ।

अमेरिकाले रुसले गर्नसक्ने सम्भावित आक्रमण रोक्ने बताएको छ । यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गर्ने चुनौतीपूर्ण काम हुने बताएका थिए ।

यता युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोवले रुससँग जोडिएको क्रिमियामा झण्डै १ लाख सैनिक तैनाथ गरिएको दाबी गरेका थिए ।