राजनीति

गण्डकीको शुरुआती रुझान : दुबै उम्मेदवारको बराबर मत

By खबरहब

December 04, 2021

काठमाडौँ– नेपाली कांग्रेस गण्डकी प्रदेशको मतणना जारी छ । मतगणनाको पहिलो रुझान सार्वजनिक गरिएको छ ।

१०० मत गन्दा दुबै उम्मेदवारको बराबर मत आएको छ । संस्थापनका सभापति उम्मेदवार अर्जुन जोशी र संस्थापन इतर समूहका सभापति उम्मेदवार शुक्रराज शर्मा दुबैले ५०–५० मत पाएका छन् ।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ ।

दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूको भनाइ छ । त्यसो त, जिल्ला सभापति हेर्दा संसथापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ ।