राजनीति

गण्डकीमा पौडेल समूहका शुक्रराजको अग्रता

By खबरहब

December 04, 2021

काठमाडौँ– नेपाली कांग्रेस गण्डकी प्रदेशको मतणना जारी छ । २ सय मत गणना हुँदाको नतिजा सार्वजनकि गरिएको छ ।

२०० मत गन्दा पौडेल समूहका सभापति उम्मेदवार शुक्रराज शर्माले झिनो अग्रता लिएका छन् । उनले १०६ मत पाएका छन् भने संस्थापनका सभापति उम्मेदवार अर्जुन जोशीले ९४ मत पाएका छन् । यसअघि १०० मत गणनाको नतिजामा दुबै उम्मेदवारको बराबर मत थियो ।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ ।

दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूको भनाइ छ । त्यसो त, जिल्ला सभापति हेर्दा संसथापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ ।