देश/प्रदेश

दबाबपछि रौतहट–४ का विजयी उम्मेदवारले प्रमाण पत्र पाए

By खबरहब

December 04, 2021

काठमाडौँ– नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूले शनिबार साँझ प्रमाणपत्र पाएका छन् । संस्थापन निकट कृष्णा यादव समूहले मत परिणाम आइसक्दा पनि प्रमाण पत्र वितरणमा अवरोध गरेको थियो ।

शुरुमा यादबले सर्वसहमति भन्दै चुनाव नै रोके पनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए ।

यादब समूह दबाब बढेपछि चुनाव गराउन बाध्य भए पनि परिणाम आइसकेपछि प्रमाणपत्र वितरणमा अवरोध गरेको थियो। प्रमाण पत्र वितरण रोकिएपछि स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शन र दबाबपछि प्रमाण पत्र वितरण गरिएको हो । सो क्षेत्रमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएको जनाइएको छ ।