अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा १२ हजार ४१० जनामा संक्रमण, १२० जनाको मृत्यु

By खबरहब

February 05, 2021

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ८६२ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ३ हजार ५३३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ९५ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् ।