रोचक/विचित्र संसार

कोरोनाको त्रासले कुकुरलाई मास्क ?

By खबरहब

May 05, 2021

कोरोना भाइरसको बढ्दो संक्रमण झन् झन् भयावह बन्दै गएको छ । जसका कारण धेरै मानिस आफूमात्र नभई आफ्ना घरपालुवा पशुपंक्षीको पनि सुरक्षा गर्न थालेका छन् ।

मानिसले रहरले पालेका घरपालुवाको सुरक्षा गर्नु स्वभाविक हो । यसैबीच सामाजिक सञ्जालमा एक यस्तो भिडियो भाइरल बनेको छ जहाँ एक व्यक्तिले आफ्नो पाल्तु कुकुरकालागि देखाएको प्रेमले सबैको ध्यान आकृष्ट गरेको छ ।

भारतको भिडियोमा एक गरीब व्यक्ति आफ्नो काँधमा कुकुरलाई मास्क लगाएर बोकेर हिडिँरहेका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट बचाउन यसोगरेका बताएका छन् ।

उनलाई एक व्यक्तिले सोध्छन् कुकुरलाई काँधमा बोकेर किन हिडेको ? यसको जवाफमा उनले भनेका छन् म मर्छु तर यसलाई केही हुन दिन्न ।

भिडियो हेर्नुहोस् 

 

View this post on Instagram

 

A post shared by जीव दया प्रेमी 🔵 (@animal_lover_wagad)

काँधमा कुकुर बोकेर हिडेका यी भारतीयको नाम मोहन लाल देवांगन हो । उनले आफुले पालेको कुकुरको नाम पुरु राखेका छन् । जो आफू मास्क नलगाई पनि ककुरलाई लगाएर उसको जीवन रक्षा गर्ने बताएका छन् । उनको यो अभिव्यक्तिले धेरैलाई भावुक बनायो ।