खेलकुद

मैत्रीपूर्ण खेलमा चेल्सी र टोटनहमको बराबरी

By खबरहब

August 05, 2021

काठमाडौँ- मैत्रीपूर्ण खेलमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् ।

प्रि-सिजन तयारी अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र टोटेनहमले २-२ गोलको बराबरी खेलेका छन् ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो । हाकिम जिएचले १६औं र ४९औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन ।

५६औँ मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए । ७०औँ मिनेटमा स्टेभेन वर्गविनले गोल गर्दै टोटनहमलाई हारबाट जोगाए ।