रोचक/विचित्र संसार

रेस्टुरेन्टमा खाना पस्कने अनौठो स्टाइल

By खबरहब

August 05, 2021

तपाई पक्कै पनि होटल वा रेस्टुरेन्टमा खाना, खाजा खान जानु भएको होला । त्यहाँ होटलका कर्मचारी, वेटरले खाना पस्किदा ध्यान गर्नुभएको होला । उनीहरु बडो सावधानीका साथ खानाको परिकार ल्याएको भाडा पस्किन्छन् । तर विश्वमा यस्ता केहि होटल र रेस्टुरेन्ट छन् जहाँ खाना पस्किने तरीका निकै अनौठो छ । आज तिनैको चर्चा गरौं ।

खेलौना प्लेनमा खाना

तपाईहरु मध्ये धेरैले अहिले सम्म हवाइजहाजमा बसेर खाना खानु भएको होला । तर एउटा होटलमा भने यसरी खेलौना प्लेनमा खाना पस्किने चलन रहेछ ।

आइफोन बक्समा खाना

तस्बिरमा देखिए अनुसार यो रेस्टुरेन्टमा आईफोनको डब्बा (बक्स÷केस)मा स्न्याक पस्किने चलन रहेछ । होटलका ग्राहकलाई खाना पस्किने यो अनौठो स्टाइलले धेरैले लोभ्याएको छ ।

जूतामा फ्राइज

खेलौना वा आइफोनको बक्स मात्र होइन एक होटलमा जुतामा खाना पस्केर दिइने पनि रेस्टुरेन्ट रहेछ । तर यसरी जुतामा पस्किएको फ्राइज खान घिन नलाग्ला र ?

शपिंग बास्केटको आकृतीमा खाना

मल वा शपिंग गर्दा दिइने बास्केट त देख्नु भएको होला । ठ्याक्कै त्यस्तै तर सानो आकृती बास्केटमा खाना पस्कने एक होटल रहेछ ।

सैनिटरी प्याडमा डेजर्ट

जापानको एक रेस्टुरेन्टमा सैनिटरी प्याडमा डेजर्ट पस्किने चलन रहेछ । यो हेर्दै घिनलाग्दो देखिन्छ । यस्तो डेजर्ट खान कसले हिम्मत गर्ला है ।

कुर्सीमा खाना

रेस्टुरेन्टमा कुर्सीमा बसेर खाने गरीन्छ । तर एउटा रेस्टुरेन्ट रहेछ जहाँ कुर्सीमा नै खाना पस्किने चलन रहेछ । त्यस्तै अर्काे रेस्टुरेन्टमा डेस्क अर्गनाइजरमा खाना पस्किदो रहेछ ।