काठमाडौँ- चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सिजन-२ आजदेखि प्रसारणमा आउने भएको छ ।
समता फाउन्डेशनले शुरू गरेको उक्त कार्यक्रम जात सबैको साझा मुद्दा हुनुपर्छ भन्ने सन्देश दिँइदै आएको छ ।
कान्तिपुर टेलिभिजनमा आजदेखि प्रत्येक मंगलबार राति ९ बजे प्रसारण हुने उक्त कार्यक्रममा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, गायक प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी सञ्चालकका रुपमा रहनेछन् ।
यो सिजनमा पनि कार्यक्रमको निर्देशन शान्ता नेपालीले नै गरेकी छन् । यसपटक मधेस र अन्तरजातीय विवाह सम्बन्धका कथाहरु कार्यक्रममा समेटिएको जनाइएको छ ।