समाचार

काठमाडौँ उपत्यकामा डेंगु संक्रमित बढे (भिडियोसहित)

By खबरहब

October 05, 2021

काठमाडौँ- काठमाडौँ उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न थालेको छ ।

निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुको बिरामीको संख्या बढ्न थालेको हो । डेंगुको बिरामीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले सचेतनामुलक कार्यक्रम गर्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले बताए । उनले कालिकास्थान, घट्टेकुलो लगायतका क्षेत्रमा डेंगुको जोखिम देखिएको जानकारी दिए । घरको कौशी, चौर र बाटोमा जमेको पानी हटाउन सचेत गराउनका लागि माइकिङ पनि गरिएको उनले बताए ।

कुनै ठाउँमा सफा पानी २ दिनदेखि तीन दिनसम्म रह्यो भयो डेंगु फैलाउने एजिप्टाइ लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मिने सबै लामखुट्टेमा भाइरस हुने चिकित्सकहरुले जनाएका छन् ।

हेरौँ भिडियो