समाचार

९६८ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

By खबरहब

October 05, 2021

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८२ जनाको पीसीआर परीक्षणमा ७६२ र ४ हजार ४६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ११४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।