राजनीति

जसपाको भागमा चार मन्त्रालय, नाम टुंगो लगाउने जिम्मा अध्यक्ष यादवलाई

By खबरहब

October 05, 2021

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चारवटा मन्त्रालय पाउने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी विकास, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको जानकारी गराएका हुन्।

सत्तारुढ गठबन्धनका दलहरूको बैठक मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेतासमेत रहेका यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

त्यसैगरी, बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ।