सांकेतिक तस्बिर

समाचार

४५७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 05, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३३५ कोरोना संक्रमितको आईसीयूमा र १२२ को भेन्टिलेटरमा गरी कुल ४५७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७३ जना आईसीयूमा र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा आइसीयूमा १ जना उपचाररत छन् ।

त्यस्तै बागमती प्रदेशमा १८७ जना आईसीयूमा र ६८ जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा २८ जना आईसीयूमा र २ उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३५ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णालीमा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।