क्रिकेट

टी-ट्वान्टी विश्वकप क्रिकेट : वेस्ट इन्डिजस समूह चरणबाटे बाहिरियो

By खबरहब

November 05, 2021

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजिन भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ ।

सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटे बाहिरिएको हो ।

१ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रनमा सीमित भयो ।

चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।

श्रीलंका भने एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ ।