फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप १२ हजारमा संक्रमण, २१४ संक्रमितको मृत्यु

By खबरहब

November 05, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १२ हजार २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४३ लाख ३२ हजार ४०७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ५६ हजार ८१० जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २१४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५९ हजार ८७५ पुगेको छ ।