फाइल फोटो

समाचार

आजको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना

By खबरहब

November 05, 2021

काठमाडौँ-  आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सामान्य बदलीको आँकलन गरिएको छ ।

शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।