अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना

By खबरहब

November 05, 2021

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन्।

सन्देशमा बाइडेनले अमेरिका मात्र नभइ दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना भनेका छन् ।

राष्ट्रपति निवास ह्वाइट हाउसमा पन्ती जील बाइडेनसँग दियो बालेको तस्वीरसहित उनले दिपावलीको शुभकामना दिएका हुन् ।

नेपाली समयअनुसार बिहीबार राति ८ बजेर ३१ मा उनले शुभकामना सन्देश लेख्दै भनेका छन्,’दिवालीको प्रकाशले हामीलाई सधैँ यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ।’

May the light of Diwali remind us that from darkness there is knowledge, wisdom, and truth. From division, unity. From despair, hope.

To Hindus, Sikhs, Jains, and Buddhists celebrating in America and around the world — from the People’s House to yours, happy Diwali. pic.twitter.com/1ubBePGB4f

— President Biden (@POTUS) November 4, 2021