k|d b]pjf ;Daf]wg sf7df8f}F, !( sflQs M nlntk'/sf] kf6gdf cfof]lht g]kfn ;Djt !!$@ sf] pknIodf ;f+:s[lts z'esfdgf ¥ofnLdf /fli6«o lje"lt z+vw/ ;fVjfMsf] y/nfO{ wSn]/ z'ef/DekZrft ;Daf]wg ub}{ k|wfgdGqL z]/axfb'/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

समाचार

नेपाल संवत ११४२ सुरु, अन्तर्राष्ट्रिय मान्यता पाउने प्रधानमन्त्रीको विश्वास

By खबरहब

November 05, 2021

काठमाडौँ– नेपाल संवत् ११४२ शुक्रबार सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुआत गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।

नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समूदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । नेपाल सम्वतका अवसरमा काठमाडौँको बसन्तपुरमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सम्वत राष्ट्रिय सम्वत भएको र यसले अन्तर्राष्ट्रिय मान्यता पाउने विश्वास व्यक्त गरे ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।