फाइल फोटो

समाचार

कोरोना संक्रमणबाट भारतमा थप ९० जनाको मृत्यु

By खबरहब

December 05, 2021

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुने र संक्रमित हुनेको संख्या करिब बराबर छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार १९० जना थपिँदा ८ हजार २६६ जना निको भएका हुन् ।

यही अवधिमा ९० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ८ हजार १३९ जना रहेको छ ।