फाइल फोटो ।

राजनीति

राजेन्द्र लिङ्देनको लगातार अग्रता

By खबरहब

December 05, 2021

काठमाडौँ– राप्रपाको अध्यक्षको मतगणना अन्तिमतिर आइपुग्दा राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।

सुरुदेखि नै अग्रता बनाएका उनले २ हजार ९६४ मत गणनामा १३७१ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार कमल थापाले १२५४ मत पाएका छन् । ३८ सय मत खसेकोमा अझै करिब ९ सय मत गणना हुन बाँकी छ ।

अध्यक्ष बाहेकका अन्य पदको भने परिणाम आइसकेको छ । अध्यक्षको मतदान मतपत्रबाट भएको थियो भने अन्यको विद्युतीय मेसिनबाट भएको थियो ।