फाइल फोटो ।

राजनीति

अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, हार स्वीकार गर्दै कमल थापाले पूर्वराजामाथि आरोप लगाए

By खबरहब

December 05, 2021

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् ।

लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।

निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमाफर्त हार स्वीकार गरेका छन् । थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो ।

शनिबार राति मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको थियो । सुरुदेखि नै अग्रता बनाएका लिङ्देनले बाजी मारेका हुन् ।

थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् । तर उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।