राजनीति

कांग्रेस प्रदेश-१ को मतगणना दिउँसो १ बजेपछि मात्रै

By खबरहब

December 05, 2021

विराटनगर- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को निर्वाचनको  मतगणना आज दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।

शनिबार बिहान ८ बजे गर्ने भनिएको मतदान अपराह्न २:१५ देखि सुरु भई राति ८ बजे मात्रै सकिएको थियो ।

कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो  । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

कांग्रेस प्रदेश-१ मा संस्थापन पक्षबाट उद्धब थापा र इतर पक्षबाट गुरूराज घिमिरेले उम्मेदवारी दिएका छन् ।