बैंक/वित्त

आईएमई लाइफइन्श्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

By खबरहब

December 05, 2021

काठमाडौँ– आईएमइ लाईफ इन्श्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढि र गुणस्तरिय सेवाग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने विश्वास कम्पनीको छ ।

लाईफ इन्श्योरेन्स कम्पनिहरु मध्ये च्याटवोट मार्फत सर्वप्रथमसेवादिने पहिलो कम्पनी आईएम ईलाईफ इन्श्योरेन्सले आजभन्दा एक वर्ष पहिले आजकै दिनबाट च्याटबोट सेवा उपलब्ध गराएको हो ।

एक बर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनिद्वारा जनाइएको छ । थप सुविधा दिन तथा प्रविधि मैत्री बनाउन च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधी अपनाएर एपमासमेत चल्ने र सुविधा दिन सक्ने बनाईएको छ ।

बितेको एक बर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हाल सम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधि मैत्री समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ।