अटो

नेपालमा लन्च भयो होण्डाको नयाँ एमेज २०२१

By खबरहब

December 05, 2021

काठमाडौँ– नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको एमएमसी एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।

यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआर एलका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यानआकर्षण गर्नेछ । यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए व्हीलस् हो ।

त्यसै गरी यस एमेज २०२१ मा गाइडलाइनसहितको रियर मल्टीभियू क्यामेरा रहेको छ । यस कारले सुरक्षाका लागि एनसीएपीबाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत प्राप्त गरेको छ ।

यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सीभीटी गियर बक्स् छ ।

यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ ।