मनोरञ्जन

‘बुलबुल’ पछि ‘रबर सिटी’ बनाउदै विनोद

By खबरहब

December 05, 2021

काठमाडौं– सन् २०१९ मा फिल्म ‘बुलबुल’ निर्देशन गरेर राष्ट्रिय अवार्ड जितेका निर्देशक विनोद पौडेलले दोस्रो फिल्म ‘रबर सिटी’ घोषणा गरेका छन् ।

फिल्ममा ‘बुलबुल’का निर्माता अविरल थापाकै लगानी रहनेछ । उनका अनुसार आगामी मार्चमा यसको सम्पूर्ण छायांकन अमेरिकामै हुनेछ । फिल्ममा थापासँगै राजु पौडेल ,भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । निर्माण पक्षले पाँच लाख डलर लगानी हुने दाबाी गरेको छ ।

फिल्मका लागि हालसम्म अभिनेता सशांक मैनाली र राधा लम्साल ‘भावु’ फाइनल भइसकेका छन् । बाँकी कलाकार नयाँ हुने निर्देशक पौडेलले बताए । निर्देशक पौडेलका अनुसार फिल्मले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्नेछ ।

फिल्मको कथा पटकथा पनि निर्देशक पौडेलले नै लेखेका हुन् भने अमेरिकामै रहेका अंकित पौडेलले यसको छायाकन गर्नेछन् ।