फाइल तस्बिर

राजनीति

अधिवेशन निष्पक्ष गराउन माग गर्दै नेता सिंहले गराए सभापति देउवाको ध्यानाकर्षण

By खबरहब

December 05, 2021

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले निष्पक्ष रुपमा सर्लाही क्षेत्र नम्बर ४ को अधिवेशन गराउन माग गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले विभिन्न क्षेत्रमा सरकारले पद तथा शक्तिको दूरुपयोग गरी पार्टीको विधि विधान, निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरी स्वेच्छाचारी र अलोकतान्त्रिक र विभेदकारी पद्धति अवलम्बन गरी पार्टीको अधिवेशन गराउन खोजेको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवार भएर आफ्नो निर्वाचन क्षेत्रमा पनि स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन सम्पन्न गराउन माग गरेका छन् ।

नेता सिंहले जारी गरेको विज्ञप्ति पढ्नुहोस्