अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट : मृतक संख्या १३ पुग्यो, ९८ जना घाइते

By खबरहब

December 05, 2021

एजेन्सी-इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी)ले जनाएको छ ।

दुई शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् । दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।

यसैबीच ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ ।  ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

जाकार्ता समयानुसार शनिबार दिउँसो ३:१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।